यी हुन् कास्की प्रहरीलाई हैरानी दिने स्याङ्जाकी २५ बर्षिय अम्बिका पुलामी मगर उनको फिल्मी शैलीको चोरी ध न्दाले कास्की प्रहरी नै हैरान बनेको छ उनी १८ पटक पक्राउ परेर छुटेको खुलेको छ
पोखराको हेम्जामा आफ्नै पारामा खेलिरहेकी बा लिकाको अगाडि एउटा स्कुटर रोकियो । स्कुटरमा रातो पहिरनमा सजिएकी युवती आएकी थिन युवतीले बा लिकालाई भनिन्,‘‘ म तिम्रो ममीको साथी । आउ तिम्रो ममी भएको ठाउँ जाऊँ । स्कुटरमा बस ।’’ ति सानी बालिकाले सोच्ने कुरा पनि भएन को हुन् ? के उद्देश्यले आफूलाई स्कुटरमा लिन खोज्दैछन् ? भन्ने छुट्टाउने कुरा पनि थिएन । ती स्कुटर चलाएकी युवतीसँगै उनि हिँडिहालिन् ।बालिका सपनालाई प्र लोभनमा पार्ने उद्देश्यले जुस पसलमा समेत लिएर जुस खुवाइन् । बा लिका सपनाले कानमा सुनका मुन्द्रा लगाएकी थिइन् । युवतीको उद्देश्य बालिकाले लगाएको त्यही सुनका मुन्द्रा लु ट्नु थियो ।जुस खुवाए पछि भने आमाको साथी भन्दै स्कुटरमा बस्न लगाएकी युवतीले दुवै कानका मुन्द्रा फुकालिदिइन् । आमालाई भेटाइदिने भनेर स्कुटरमा राखिएको युवतीले मुन्द्रा फुकालेपछि हेम्जा रामचोकमै छोडिन् ।
बा लिकालाई आफ्नो कानको मुन्द्रा लुटिएकोबारे त्यतिबेलासम्म पनि पत्तो थिएन । तर, साँझ घर फर्किएपछि भने आमाले मुन्द्राबारे चासो राखिन् । जवाफमा बालिका सपनाले भनिन्,‘‘ममी तपाईंको साथीले फुकालेर लिनुभएको हो । तपाईंको साथी भनेर मलाई स्कुटर पनि चढाउनु भएको थियो ।’’ छोरी सपनाको जवाफले आमा आ त्तिइन् । ‘‘को साथी ? छोरी तिमीले चिनिनौ ?’’ सपनाको जवाफ थियो,‘‘चिनिन ।’’बालिकाको आमाले त्यसपछि भने छोरीको कानको मुन्द्रा लुटि एको निष्कर्ष निकालिन् । वैशाख ७ गते बिहान जिल्ला प्रहरी कार्यालय कास्की पुगेर छोरीको कानको मुन्द्रा लुटिएको निवेदन दिइन् ।
सपनाको कानमा १४/१४ लालका सुनका मुन्द्रा नै थिएनन् ।दुवै कानको मुन्द्राको २८ लालको हालको मूल्य करिब एक लाख रुपैयाँ हुन आउँछ । उजुरीपछि भने प्रहरीले सपना खेलिरहेको स्थान हेम्जा रामचोकस्थितको सीसीटीभी फुटेजको अध्ययन गर्यो ।
प्रहरीले निवेदनमा भनिएजस्तै ग २५ प ३५८४ नम्बरको पँहेलो स्कुटरमा सवार युवतीले सपनालाई स्कुटरमा राखेको तथ्य खुलायो । प्रहरीले उक्त स्कुटरबारे अनुसन्धान थाल्यो ।प्रहरीको अनुसन्धानका क्रममा स्कुटर पोखराकै ‘ए वान मोटर रेन्टल एन्ड टुर’ को नाममा रहेको र भाडामा दिएको खुल्यो । उक्त स्कुटर अम्बिका पुलामीले भाडामा लिएको खुल्यो । प्रहरीको अनुसन्धानका क्रममा स्कुटर अम्बिकाले वैशाख १ गते नै भाडामा लिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार सोही स्कुटर प्रयोग गरेर अम्बिकाले सपनाको कानका मुन्द्रा लुटेको खुलेको हो ।प्रहरीले स्कुटर नम्बर खुलेपछि भने घ टनाको दुई हप्तापछि अम्बिकालाई पक्राउ गर्न पोखरा प्रहरी सफल भएको छ ।
पक्राउ परेका अम्बिकामाथि कास्की प्रहरीले अनुसन्धान अघि बढाएको डीएसपी बस्नेतले जानकारी दिए ।प्रहरीले अम्बिकामाथि अनुसन्धान गर्दै जाँदा भने चकित परेको छ । अनुसन्धानका क्रममा अम्बिकामाथि यसअघि नै पोखरा प्रहरीले १८ पटक प क्राउ गरेर मु द्दा चलाएको खुलेको हो । यसअघि अम्बिका बालबच्चाको आफन्त बनेर चो री गर्थिन् । बच्चाबच्चीलाई मिठाइ, जुस, बिस्कुट दिएर फ काउने र कानको मुन्द्रा झिकेर लैजान्थिन् । यसअघि चोरी गर्दा उनले सक्कली चोरेपछि बच्चाको कानमा नक्कली मुन्द्रा लगाइदिन्थिन् ।
विद्यालयबाट बच्चा छुटेपछि पछ्याउँदै गएर बच्चालाई फकाउने, जहाँ एकान्त हुन्छ त्यहाँ बच्चाहरूको गहना चोरी गर्ने गरेको पाइएको छ,’ले अम्बिकाको चो र्ने तरिका सुनाए, ‘कहिले माइजु, कहिले फूपू वा अरु आफन्त बनेर बच्चासँग कुरा गर्थिन् ।’ प्रहरीको अनुसन्धानका क्रममा अम्बिकाले विगत १० वर्षदेखि नै बालबालिकाले लगाएको मुन्द्रा चो री तथा लु टपाट ध न्दा चलाएको खुलाएको हो ।पटक–पटक प क्राउ पर्दै छुट्दै आएकी अम्बिकालाई २०७९ असार २२ गते भने जिल्ला अदातल कास्कीले विभिन्न १८ चो री र लु टपाटको कसुरमा दुईवर्ष कैद सजाय र ११ कसुरमा २०/२० हजार रुपैयाँ जरिबाना तथा चारवटा कसुरमा १०/१० हजार तथा तीनवटा कसुरमा पाँचहजार रुपैयाँ जरिबानाको फैसला नै गरेको छ ।१८ वटा कसुरमै उनलाई ६ महिनादेखि दुई वर्षसम्मको सजाय सुनाएको हो । तर, कानुनी व्यवस्थाअनुसार सबैभन्दा बढी हुने कसुरमा कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । अविवाहित अम्बिकाले पछिल्लो १० वर्षमा पोखरामा बालबालिको मुन्द्रा चो री तथा लु टपाटको ध न्दा चलाएको प्रहरीको दाबी छ ।
।अम्बिका ला गुऔ षधको कुल तमा फसेकी थिइन् । उनले चोरीको मुन्द्रा बेचेर पाएको पैसाबाट लागुऔषध खरिद गर्ने गरे एसअघि पक्राउ परेपछिको बयानमा पनि उनले सो कुरा भनेकी छन् । ‘मैले साथी संगतिमा ला गुऔष ध सेवन गर्न सिकेकी थिएँ । ला गुऔ षधको सेवन गर्ने ल त बसेको र सेवन गर्नका लागि खरिद गर्न पैसा नहुने हुँदा मैले स-साना बच्चाहरूलाई फकाएर उनीहरूको मुन्द्रा चो र्ने र ला गुऔ षध खरिद गर्छु भन्ने सोच बनाएँ,’ अम्बिकाले भनेकी थिइन् ।

Comments
Post a Comment
Thank you