Skip to main content

सपनाको देशको रहर र बाध्यता : जापान

 #japan



+2 सकेर जापान आउने रहर गरेका हरु , बाध्य भएर जापान रोज्ने हरु , कोहि चिनेजानेका ले बोलाएर जापान जाने सोचेका हरु ! केहि नलुकाई जस्ताको तस्तै तितो र गुलियो लेख्दै छु । 

कहाँ बाट सुरु गरौँ, कथा कर्णाली भन्दा लामो छ ! सेति भन्दा गहिरो छ र बास्तबिकता बाग्मति झै बाध्य छ । 


सजिलै भिषा लाग्ने र कुन देश जान लाको भन्दा जापान भनेसी २१ तोप को सलामी पाइने हाम्रो देश बाट विध्यार्थि भिषामा जापान आईपुग्न मोटामोटि १७-२० लाख खर्च हुन्छ । र जापान आउने हरकोहि को जीवनस्तर त्यो २० लाख घरमा नभएको तर यताउता बाट जुटाउन सक्ने र जापान जान लाको भनेसी ढुक्क ले पत्याईने मा पर्छ! ६ महिना एक बर्ष यताउताको तयारी गरेसि भिषा आउछ । भिषा आएर जापान उडने अघिल्लो दिन आमाले अचार र सातु मात्रै पोको पारिदिन्निन, बाले स्विटर र गलबन्दि मात्रै पोको पार्दिदैनन , पोको पर्छ १५ लाख को रिण र पुग्छ बल्ल ३० कि लो को जापान लान मिल्ने झोला । 


त्यो १५ लाख को झोला भित्र, जापान मा १८ महिना कि त २४ महिना को लागी भाषा पढाउने स्कुलमा भर्ना हुन्छ जसमा ६ महिनाको पढाई खर्च र ६ महिनाकै होस्टेल खर्छ भरिएको हुन्छ । जुन स्कुलमा भर्ना भयो उसैले हेरफेर गर्ने गरी तिमी जापान आउछौ ! तिम्लाई लिन एयर्पोर्ट मै स्कुल को मान्छे आउछ र लैजान्छ अनि थन्काउछ ! तिमी भन्दा पहिल्लै आएर झुत्रो होस्टेल को साधुरो कोठामा थन्किएका हरु सँग । त्यहि सुरु हुन्छ तिम्रो जापान यात्रा र तिम्रो  शरिर ले आत्मा छोड्ने खेल । 


आउछौ स्कुल भर्ना हुन्छौ ! के पढने खासै चासो हुदैन - पैला काम लागी हाल्न पाए सबै सल्टिन्थ्यो जस्तो लाग्छ । तिम्लाई जती पिर पैसा कमाउने हुन्छ त्यति पिर तिम्रो स्कुललाई हुन्छ , यल्लाई काम लाईदिन पाए यस्ले पैसा तिर्थ्यो । स्कुल ले यहाँ का उधोग हरु सँग सम्बन्ध बनाएको हुन्छ जहाँ बिचौलिया बनेर तिमि काम गर्ने हरेक घण्टा बाट २-४०० निचोडेर तिमीलाई प्रतिघण्टा १२०० सम्म को काम हरु लगाई दिन्छ । 


कलिलो शरिर र फुर्तिलो जोस लिएर आएका तिमी हरु के र कस्तो नहेरी काम जान्छौ , राती दिन काम गर्छौ र दु ख ले महिना को डेड लाख कमाउछौ जसबाट १ लाख स्कुललाई तिर्छौ , ५ हजार फोन को बिल , १० हजार खाना र गाडि भाडा बाकि बच्यो ३५ हजार ! आफ्ना अरु खर्च कटाएर घरै पठायौ भने नी जापानीज पैसा नेपाल पुग्दा ३२ हजार पुग्छ ! त्यो ३२ उता आमा लाई हात्ति को मुख मा जीरा हुन्छ । 

यहि चक्कर मा २ बर्ष जान्छ । 


तिमी ले भाषा मात्रै पढेर हुदैन । नेपाल मा Bachelors नगरी आएपछि यहाँ को अर्को दुई बर्षे स्कुल जानु पर्छ । जहाँ भर्ना हुनु अगाबै ४ लाख तिर्नु पर्छ जुन जोगाउन तिमीलाई ७ महिना काम गर्नु पर्छ । दुई बर्ष गैसक्यो ! बाकि दुई बर्ष नी कमाई उत्ति हो ! खर्च त्यसको डबल ! अब मुस्किलले जोगीन्छ १० हजार । अबको दुई बर्ष मा धेरै घर पठाएछौ भने २ लाख हो । गयो ४ बर्ष ! हात मा लायो शुन्य। यहाँ को पढाई केबल visa जोगाउन लाई हो । जे सुकै पढ तिम्ले काम गर्ने उहि हो ! जे पाउछ त्यहि । कामको बोझ मा भाषा सम्म ढंगले सिक्न पाउदैनौ अनि कारखाना मा मजदुर हुनु पर्छ । भाषा नभएसी आफ्नै बलबुतो ले जागीर पाउदैनौ ! बिचौलिया लाई २/३ लाख तिरेर काम छिर्छौ र जोगाउछौ visa अनि सामेल हुन्छौ एक घटिया जीन्दगी मा हप्ता भरी काम गर्ने गरी ! 

कैले पैसा कमाउछौ ? कैले घर बनाउछौ ? कैले खुशी पार्छौ बा-आमा ? कैले पुरा गर्छौ तिम्रा सपना ? एक्लै ले ? 

बरु नेपाल जान्छौ , रिन खोजेर बिहे गर्छौ ! जापान छ भनेसी नेपाली हुरुक्कै ! यथार्थ देख्न सबै जना अन्धो । dependent मा partner जापान ल्याउछौ र जोतिन्छौ दुई जना । अब कमाई डबल , खर्च लगभग उति तर तिमी एक्लै छैनौ । बिहे गरेर आएको छौ , घरकै ले नातीनातीना को रहर गर्छन , तिमी बाध्य भएर छोरछोरी पाउछौ र सामेल गराउछौ तिम्रै दिग्दार जीन्दगी को दौड मा कोहि अबोध । यति हो । 

यहाँ जागीर गर्दिन आफ्नै व्यापार गर्छु भन्न लाई ३ करोड जम्मा गर्नु पर्छ , त्यो तिमी र म जस्तो लाई आकाश कै फल हो । जति बर्ष बसेनी यहाँ को माटो आफ्नो हुदैन। ल त नी भन्दा भन्दै १०-२० बर्ष यतिकै जान्छ । 


यदि तिमी यहि सतह मा छौ र सतहमै तैरिन्छौ भने चल्छ जिन्दगी तर म झै गहिराईमा एक्लै र आफ्नो लागी डुब्ने सोच छ भने तिमी सिकार हुदै छौ । 

हतार नगर ! मैले त आए देखि नै जापानिज हरु को संगत गरे र बोल्न सक्ने भए , मन लाको काम पाउछु । आएको तिन बर्ष मा १८ ओटा काम फेरी सके । चित्त नबुझे ठाउको ठाउ काम छोड्छु र भोली नयाँ काम पाउछु । मैले दुख खुब गरेको छु , दुख पाएको छैन । मैले जती सजिलो काम सायदै कसैले पाउला । तर काम जती नै सजिलो भएनी खटिनु त पर्यो । मलाई दिनकै काम जान मन पर्दैन । त्यसैले तीन दिनमा एक हप्ता को काम नसुती, नखाई गर्छु र ४ दिन मस्त ले घरमा बस्छु ता कि मलाई ऐना हेर्न समय मिलोस । 

मेरो आज को खर्च , महिना मा हिसाब गर्दा ; 

१ लाख कलेज लाई , ५० हजार कोठा भाडा , १४ हजार स्वास्थ्य बिमा र खानपिन अनी हिडडुल खर्च ४० हजार ! 

एउटा काम बाट १,७०,००० कमाउछु जो ले आधारभुत खर्च पनि टर्दैन ! अर्को काम लगन अनुसार कैले हुन्छ कैले हुन्न ! भएको अलि अलि जम्मा हुदा घर पठाईदिन्छु । 

महिना मा ३ लाख कामाएनी खर्च २ लाख बढि भएसी के अर्थ छ प्रदेशी हुनु को । म आफ्नो लागी मन लाको रहर किन्न सक्दिन , ४०० को प्याज महंगो लाग्छ , ३०० को साग को मुठ्ठा किन्ने आट आउदैन ! यो सबै दुख , परिबार र देश बाट टाडा, आफु र आत्माबिहिन भएर कैले सम्म चल्छ र कैले पुरा हुन्छ मेरा छोडेर बा-आमा को रहर ? 

.

अरु को लहलहैमा नलाग ! यहाँ ५००० मा किनेका शिरपाउ छोप्ने लुगा र किस्ता मा किनेका iPhone देखेर नलोभिनु ! यथार्थ कसैले देखाउदैनन ! नत्र मान्छे को जात साच्चै सजिलो भए तिम्लाई किन उक्साउथे र आईजा भन्दै । 


बरु नेपाल मै बोरा बोक , जागीर गर र महिना को १० हजार कमाउ ! जसोतसो bachelor सकाउ अनि आउनै परे बल्ल आउ । आएर दुई बर्ष भाषा पढ अनि working visa मा काम गर । बोझ अलि हल्का होला । कमाएको पैसा टुंगो लाग्ला ।  सामान्य सोच लिएर आउ जिन्दगी सरल कट्ला । म त जन्मिदै राज याग मा जन्मिएको हरेक दिन दास हुनु पर्दा पिरोलिन्छु । 


मैले ४ बर्ष मा अनावश्यक पढाई को नाम मा ५० लाख फाल्दैछु ! त्यो बिच को मेरो समय , नसुते का रात हरु , थल्लिएको शरिर र निचोडिएको आत्मा को हिसाब पछि गरौला । 


अब एक बर्ष मा मेरो पढाई सकिन्छ ! पढ्न लाई लागेको साथी भाईको रिण तिर्न एक बर्ष अनि अर्को दुई बर्ष काम गरे भने बल्ल नेपाल आउने खर्च जुट्छ । आमाले पुराईदिएको ३० किलो को झोला भरेर आमालाई लग्दिने हैसियत बन्छ । त्यो मेरो व्यक्तिगत जीम्मेबारी 

हो र अझै २/३ बर्ष यसरि नै बेचिदिन्छु । 

मलाई यो घटिया जीवन मा धेरै रुमलिनु छैन । मलाई कसैलाई बिहे गरेर मेरा दुख मा भागीदार गराउनु छैन न त नयाँ सन्तान जन्माएर मैले पुरा गर्न नसकेका सपना को भारी बोकाउनु छ । मेरो ३० बर्ष यहि रनथन मा गयो । अब घर पुग्दा सम्म कैले हुने हो के था , पहाड जत्रा मेरा आफ्नै सपना छन ! सके जति पुरा गरेछु भनेनी नसकेका हजार छुटनेछन । तिनै बाट १-२ छानेर फेरी नेपाल मा संघर्ष गर्न फर्किन्छु , केहि जिम्मेबारी हरु टुंगो लाउछु र बाटो लाग्छु म मेरो खोजी मा । 

पछि लाई सैलो होस भनेरै ऐले देखी आफ्ना हरु बाट टाडिने दाउमा छु ! जाने बेला मलाई हलुंगो भएर जानु छ ! (सायद ऐले देखी हलुंगो हुनु छ ) 

कतै अन्जान टाकुरा मा ! खोलाको छंगछंग सुन्दै जंगल को बाटो ! चौपारी मा बस्दै ! बटुवा लाई बाटो देखाउदै ! कतै सुनसान भिर मा भिड बाट पर ! जहाँ म जतै कोल्टो फेरे नी हिमाल देखिने छ , त्यता पहाडले सेप्ने  छ , त्यहाँ म मेरै अस्तित्व सिरान लाएर तारा गन्दै बर्षौ को निन्द्रा निदाउने छु ! आखा खुले लेख्नेछु एक पातो शव्दश्रिंगार , नखुले राम नाम ! म मस्त अस्ताउने छु — मेरै चैतन्य अलकापुरी मा ।

Comments

Popular posts from this blog

भाग्य र हिम्मत बिचको रत्नबहादुर तामाङको प्रेरणादायी जीवन कथा

     भाग्यले ठगे पनि हिम्मतले जितेको रत्नबहादुर तामाङको प्रेरणादायी जीवन कथा काठमाडौं । मास्टरसेफ इन्डिया २०२६ को अडिसनमा यतिबेला एक नेपाली युवाको असाधारण संघर्ष र प्रतिभाले सबैको ध्यान खिचेको छ। उनी हुन्— सिन्धुपाल्चोकका रत्नबहादुर तामाङ। दुवै हात गुमाइसकेका रत्नले कृत्रिम (Artificial) हातको सहारामा जजहरूका अगाडि लाइभ नुडल्स तयार पारेर खुवाउँदा विश्वप्रसिद्ध भारतीय सेफहरू समेत भावुक बनेका छन्। रत्नको आँट, आत्मविश्वास र सीप देखेर मास्टरसेफका जज तथा विश्वप्रसिद्ध सेफ विकास खन्नाले “जसले मन जित्यो, उसले अरु के इनाम जित्नुपर्छ र?” भन्दै खुलेर प्रशंसा गरे। रत्नले आफ्नो अद्भुत प्रदर्शनका कारण मास्टरसेफको प्रतिष्ठित  एप्रोन  र  चक्कु  समेत जित्न सफल भएका छन्। दुर्घटनाले बदलेको जीवन रत्नबहादुरको जीवन २०७२ सालमा एकाएक मोडियो। साउदी अरबबाट छुट्टीमा घर आएका बेला वेल्डिङको काम गर्दा हाइटेन्सन लाइनको करेन्ट लागेर उनले दुवै हात गुमाए। हात मात्र होइन, दुर्घटनापछि प्रेमिकाले पनि साथ छोडिन्। “त्यो बेला मसँग दुई विकल्प थिए— आत्महत्या गर्ने कि भीख माग्ने,” रत्न सम्झिन्...

नेपालमा बढ्दो महँगीले सर्वसाधारणको जीवन कठिन

काठमाडौं, चैत ९  – पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढ्दै गएको छ। खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ तथा यातायात खर्च बढ्दा सर्वसाधारण नागरिकको जीवनयापन झन् कठिन बन्दै गएको छ। व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्नु, ढुवानी खर्च बढ्नु तथा बजार व्यवस्थापन कमजोर हुनु महँगी बढ्नुका मुख्य कारण हुन्। उपभोक्ताहरूले भने सरकारलाई बजार अनुगमन कडाइ गर्न तथा मूल्य नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्। अर्थशास्त्रीहरूका अनुसार यदि समयमै उचित नीति नल्याइए महँगीले आर्थिक असन्तुलन बढ्न सक्ने खतरा रहेको छ। सरकार र सरोकारवालाहरूले बजार स्थिर राख्न तथा उपभोक्ताको हित सुरक्षित गर्न समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ।

वीरेन्द्रनगरबाट लागूऔसध सहित २जना पक्राउ

  वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे   क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त टोलीले सोमबार बेलुका शंकास्पद अवस्थामा बसेका दुई व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  हर्षसिंह ठकुरी  (३६) र  तुला नेपाली  (२२) रहेका छन्। उनीहरू दुवै  वीरेन्द्रनगर-१०  का स्थानीय बासिन्दा हुन्। प्रहरीका अनुसार नियमित गस्ती तथा चेकजाँचका क्रममा उनीहरू शंकास्पद रूपमा बसेको देखिएपछि खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट करिब २ ग्राम ब्राउनसुगर फेला परेको हो। बरामद लागुऔषधसहित दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिँदै लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि निगरानी अझ कडाइ गर्ने बताएको छ। साथै, पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय लागुऔषध ओसारपसार तथा प्रयोगमा वृद्धि ...