काठमाडौं, चैत ९ – विद्यालयका शिक्षकहरूले राजनीतिक गतिविधिमा सहभागी हुन पाउने वा नपाउने भन्ने विषयमा पछिल्लो समय बहस बढ्दै गएको छ। केहीले शिक्षक पनि नागरिक भएकाले राजनीति गर्न पाउने अधिकार हुनुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ विद्यालय शिक्षालाई निष्पक्ष राख्न शिक्षकलाई सक्रिय राजनीतिबाट टाढा राख्नुपर्ने मत पनि आएको छ। शिक्षा क्षेत्रका सरोकारवालाहरूले यस विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।
भाग्यले ठगे पनि हिम्मतले जितेको रत्नबहादुर तामाङको प्रेरणादायी जीवन कथा काठमाडौं । मास्टरसेफ इन्डिया २०२६ को अडिसनमा यतिबेला एक नेपाली युवाको असाधारण संघर्ष र प्रतिभाले सबैको ध्यान खिचेको छ। उनी हुन्— सिन्धुपाल्चोकका रत्नबहादुर तामाङ। दुवै हात गुमाइसकेका रत्नले कृत्रिम (Artificial) हातको सहारामा जजहरूका अगाडि लाइभ नुडल्स तयार पारेर खुवाउँदा विश्वप्रसिद्ध भारतीय सेफहरू समेत भावुक बनेका छन्। रत्नको आँट, आत्मविश्वास र सीप देखेर मास्टरसेफका जज तथा विश्वप्रसिद्ध सेफ विकास खन्नाले “जसले मन जित्यो, उसले अरु के इनाम जित्नुपर्छ र?” भन्दै खुलेर प्रशंसा गरे। रत्नले आफ्नो अद्भुत प्रदर्शनका कारण मास्टरसेफको प्रतिष्ठित एप्रोन र चक्कु समेत जित्न सफल भएका छन्। दुर्घटनाले बदलेको जीवन रत्नबहादुरको जीवन २०७२ सालमा एकाएक मोडियो। साउदी अरबबाट छुट्टीमा घर आएका बेला वेल्डिङको काम गर्दा हाइटेन्सन लाइनको करेन्ट लागेर उनले दुवै हात गुमाए। हात मात्र होइन, दुर्घटनापछि प्रेमिकाले पनि साथ छोडिन्। “त्यो बेला मसँग दुई विकल्प थिए— आत्महत्या गर्ने कि भीख माग्ने,” रत्न सम्झिन्...
Comments
Post a Comment
Thank you