कथित “नमुना विद्यालय”को विशेषता भनेको के अपराधीहरूको संरक्षण गर्नु हो ??? “देशकै नमुना विद्यालय” भन्ने जस्ता भ्रामक खबरलाई पत्याएकै कारण राम्रो विद्यालय भन्ठानेर बुढानिलकण्ठ विद्यालयलाई २ वर्ष सम्म आफ्नो सम्पूर्ण बचत बुझाएर, आफ्नो “मुटुको टुक्रा” हामीले सुम्पिएका थियौं । “देशकै नमुना विद्यालय”को खोल ओढेको कारण सहजै जो कोही झुक्किन सक्ने “Brand Name” को झुक्याउने जालमा हामी पनि पर्यौं । छोरीको सुन्दर र सुरक्षित भविष्यको कामनामा आफ्नो नानीको सपनाको विद्यालय बुढानिलकण्ठमा पठन पाठन गराउन हामी तयार भयौं । “Valley View English School” मध्य बानेश्वरमा अध्ययनरत् ९ बर्षिय छोरीले कक्षा ४ को अन्तिम परिक्षा दिने बेला आफ्ना केही साथीहरू बुढानिलकण्ठ स्कूल जाने तयारी गरि रहेको र आफूलाई पनि जान मन भएको कुरा हामीसामु राखिन् । हामीले उनलाई सम्झाएर हाललाई त्यता नसोचौं भनेर बुझाउने प्रयास पनि गरेउँ तर अध्ययनलाई अत्यन्त गम्भिरताका साथ लिने उनले आफ्नो मन बनाई सकेकी थिइन । उक्त स्कूलको बाहिर फैलाइएको भ्रमपूर्ण प्रचारबाजीको प्रभावबाट उनि पनि अछुतो रहन सकिनन् । उ...